तिमीले पनि म जस्तै / Timile Pani Ma Jasti Maya Diyera Hera
➤ Singer – Narayan Gopal
➤ Music – Bhim Birag
➤ Lyrics – Bhim Birag
तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सीहेर
सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहर जस्तै आशाक्त भएर हेर
आँशुका थोपा जस्तै भुईँमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सिहेर
पूजा फुल जस्तै दिन दिन मरेर हेर
ढुँगाको मुर्ति जस्तै दोबाटोमा बाँचीहेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सिहेर
No comments:
Post a Comment