म त अब रिसाउछु / Ma Ta Aba Risauchhu Boldai Boldina
➤Singer - Kumar Sanu➤Music -
➤Lyrics -
➤Movie: Sworga (स्वर्ग)
➤Music - Ranjit Gazmer
➤Lyrics -
म त अब रिसाउछु बोल्दै बोल्दिन
रुने मान्छे संग दिल खोल्दै खोल्दिन
मुसुक्क हांसी देउ फूल फुले झैँ
पानी परे पछि को आकाश खुले झैं
आँखा पुछी फूल बनि मिर्मिरे मा हाँस्छ
रात भरि रुने घाम झिसमिसे मा हाँस्छ
दुखि बनि आँसु मात्र झर्नु हुँदैन
मनका इच्छा मनैमा मार्नु हुँदैन
मुसुक्क हांसी देउ...
अब देखि ति नजर मा साउन नल्याए
जुन जस्तो मुहार मा बादल नछाए
ओठ भरि मुस्कान को लाली लगाउ
खुसियाली बटुली आशा जगाउ
मुसुक्क हांसी देउ ...
साँची राखुँ जस्तो लाग्छ / Sachi Rakhun Jasto Lagchha
➤Singer - Kumar Sanu & Bharati Ghimire➤Music - Ranjit Gazmer
➤Lyrics -
➤Movie: Dui Thopa Aansu (दुई थोपा आँसु)
साँची राखुँ जस्तो लाग्छ गीत भरि तिमीलाई
बाँधी राखुँ जस्तो लाग्छ प्रीत भरि तिमीलाई
डर लाग्छ कतै भागी गई दिन्छौ भन्ने
थाहै नपाई पराईको भई दिन्छौ भन्ने
सपनी मै पाए हुन्थ्यो निन्द भरी तिमीलाई
बाँधिराखुँ जस्तो लाग्छ प्रितभरी तिमीलाई
तिमीलाई तिमीलाई …..
नयाँ नयाँ रुप तिमी जती जती हेर्यो
उती उती रसाउँछ हृदय यो मेरो
हार जती मेरो पेवा जित जती तिमीलाई
बाँधिराखुँ जस्तो लाग्छ प्रितभरी तिमीलाई
साँची राखु जस्तो लाग्छ गीत भरि तिमीलाई
बाँधी राखु जस्तो लाग्छ प्रित भरि तिमीलाई
तिमीलाई तिमीलाई …..
No comments:
Post a Comment