Sonu Nigam (सोनु निगम)

उकाली ओराली गर्दै / Ukali Orali Gardai

➤Singer - Sonu Nigam
➤Music - Shakti Ballav
➤Lyrics - Ratna Shumsher Thapa
➤Movie: Simana (सिमाना)

उकाली ओराली गर्दै, आँखा भरि रहर भर्दै 
आँधी बेरी सँग लड्दै, खोला नदी सागर तर्दै 
दुख पिडा बिर्सदै म आएँ, परदेस बाट फर्की आएँ 
आफ्नै गाउँ फर्की आएँ, नयाँ नयाँ सपना ल्याएँ 

सयपत्री सुनाखरी लालुपाते जाई जुही 
फुलेका पाखा भरि छर्दै वरिपरि खुसि 
हेरी यो मन बहलाउन हृदय खोलि गाउन 
आफ्नै गाउँ फर्की आएँ, नयाँ नयाँ सपना ल्याएँ 

सम्झेर आएको छु रमाईलो देउराली त्यो 
बोकेर ल्याएको छु अमुल्य चिनो समाली यो 
साथि संगी सारा भेट्न मन भरिका तिर्खा मेट्न 
आफ्नै गाउँ फर्की आएँ, नयाँ नयाँ सपना ल्याएँ 

यो जिन्दगिले / Yo Jindagi Le Ke Garyo Ke Garyo

➤Singer - Sonu Nigam
➤Music - Sambhujeet Baskota
➤Lyrics - Surendra Rana
➤Movie: Badal Pari (बादल पारि)

बिरहीको भाकाले यो मुटुलाई छोयो 
एकान्तमा तड्पी तड्पी न्याउली चरी रोयो
नबजाउ सारंगी दाई सारंगीको धुन 
उनैलाई सम्झी सम्झी रुन्छ मेरो मन 
यो जिन्दगिले के गर्यो के गर्यो 

No comments: